दमक/जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञा थप खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ । असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय भएको हो ।
त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निषेधाज्ञामा जनाइएको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको जनाइएको छ ।
झापामा सार्वजनिक यातायात र होटल पनि खुल्ने
Nishkarsha News
२०७८ असार २१, सोमबार १४:५६