दमक/ बर्षातको समयमा आउन सक्ने खोला बाढी, कटान तथा डुबानको समस्यालाई मध्यनजर गर्दै शिवसताक्षी नगरपालिकाको ६ नम्बर वडाले विपदको समयमा आवश्यक राहत तथा उद्धार सामग्रीको अग्रिम व्यवस्थापन गरेको छ ।


वडा कार्यालयको चालू आर्थिक बर्षमा वडाको सिलिङ बजेटबाट कूल १ लाख रुपैयाँको लागतमा अत्यावश्यक सामाग्री पूर्व तयारी अवस्थामा राखेको हो । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखालाई वडा कार्यालयको सो बजेटबाट १८ थान त्रिपाल, १५ वटा ब्ल्याङकेट, २ वटा ठुलो टयूब, प्लाष्टिकको डोरी लगायतका सामाग्री खरिद गरेर राहत तथा उद्धारको पूर्व तयारी गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । ति सामाग्री सोसाइटीका उपशाखा सभापति नारायण दाहाललाई हस्तान्तरण गरिएको छ ।

Facebook Comments Box