दमक/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग ( वाइसिएल) नेपालले संगठन पुननिर्माणलाई तिब्रता दिने निर्णय गरेको छ । संगठनमा जिम्मेवारी बाँँडफाँडसहित संगठन पुर्ननिर्माणका लागि तालिका सार्वजनिक गरेको हो ।
चैत्र ३ गते बसेको पदाधिकारी बैठक तथा ४ र ५ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकद्वारा चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखी जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरि जेठ २८,२९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको वाइसिएलका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक कर्म पूलामीले जानकारी दिए ।


त्यस्तै १४ वटै जिल्लामा इञ्चार्ज तथा संयोजकहरु तोकेको छ । बैठकले ताप्लेजुङको ईन्चार्जमा राजन लिम्बू, संयोजकमा सुजन लिम्बू , पाँचथर जिल्ला ईन्चार्जमा दिलकुमार नेम्वाङ चोलुङ, संयोजकमा बिक्रम शंकर, ईलाम ईन्चार्जमा तारा बाबू सुबेदी संयोजकमा बिक्रमबाबू फियाक, झापा ईन्चार्जमा कुमार आचार्य र संयोजकमा दधि रिमाल, मोरङ ईन्चार्जमा खगेन्द्र सुबेदी र संयोजकमा शंकर भट्टराईलाई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी सुनसरी ईन्चार्जमा हरि लिम्बू , संयोजकमा भुवन याक्खा, धनकुटामासंयोजक डिबी तामाङ, तेह्रथुम ईन्चार्जमा छिरिङ भोटे र संयोजकमा कुमार लिम्बू , सङ्खुवासभा ईन्चार्जमा पृथक कुमार पाठक , संयोजकमा अनिल राई, भोजपुर ईन्चार्जमा सुरेन्द्र राई र संयोजकमा करण राई, ओखलढुंगा ईन्चार्जमा सन्तोष मगर र संयोजकमा छवि धमला, खोटाङ ईन्चार्जमा राजु बिक्रम राई र संयोजकमा सरद राई तथा सोलुखम्बु ईन्चार्जमा हेमचन्द्र राई र संयोजकमा देव बस्नेतलाई जिम्मेवारी सुम्पिएको छ

Facebook Comments Box