कञ्चनपुर/नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ । दुई पक्षबीच भिडन्तको अवस्था भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता र केपी ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद तथा घम्साघम्सी भइरहेको छ ।
नेता भीम रावलको उपस्थितिमा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए । पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो । कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन् ।
