आज २४ भाद्र अर्थात वीपि जयन्ती । महामानव विश्वेश्वर प्रसाद कोइरालाको १९७१ सालमा आजकै दिन अर्थात भदौ २४ गते भारतको बनारसमा जन्म भएको थियो ।
नेपाली राजनीति र साहित्यीक दुवै क्षेत्रमा सशक्त भुमिका निर्वाह गरेका कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए ।
पछि विसं २००६ मा सुवर्णशम्शेरको नेतृत्वमा स्थापना भएको नेपाली प्रजातान्त्रिक कांग्रेससँग राष्ट्रिय कांग्रेस एकीकरण भएको थियो । जसको नेतृत्व कोइरालाले गरेका थिए । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म उले सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।
साहित्य तर्फ उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको क्यान्सरका कारण निधन भएको थियो । आजको दिन उनको विशेष श्रद्धापूर्वक सम्झना गर्ने गरिन्छ ।

Facebook Comments Box