बालुवाटार प्रकरणमा मेयरले मुख खोले – नगरपालिका निर्मम बन्ने चेतावनी

Author Nishkarsha News
२०७६ फाल्गुन २५, आईतवार १७:००

दमक/   दमक नगरपालिका भित्र रहेको सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि स्थानीय सरकार निर्मम बन्ने नगर प्रमुख रोमनाथ ओलीले उद्घोष गर्नुभएको छ । देशैभर दोश्रो बालुवाटार काण्डका रुपमा चर्चा गरिएको दमक ८ स्थित बालुवाटारको सरकारी जग्गाको बिषयमा पनि नगर प्रमुख ओलीले मुख खोल्नु भएको छ ।

यस अघि बालुवाटार प्रकरणमा सर्वदलिय संलग्नता रहेकोले सो प्रकरणका दोषिहरुमाथि भइरहेको अनुसन्धान र कारवाहीका बिषयमा स्थानीय सरकार र राजनीतिक दलहरु मौन बसेको आरोप थियो । तर केही दिन अघि दमकको छैठौं नगरसभामा पनि यहाँको सार्वजनिक सरकारी जग्गाको संरक्षणको बिषय उठेको भन्दै नगर प्रमुख ओलीले पत्रकारहरुसंग भन्नु भयो – नगरपालिका यहाँको सार्वजनिक जग्गा संरक्षणमा लागेको छ । भ्रष्टाचारी र लोभीपापीहरु सबै ठाउँमा हुन्छन, आफ्ना, अर्काका , यो पार्टी , उ पार्टी भन्ने हुँदैन । नगरपालिका यस्ता बिषयमा निमर्मतापूर्वक प्रस्तुत भईरहेको उहाँको भनाई थियो ।


वडालाईनै आफ्नो आफ्नो क्षेत्रमा रहेको सार्वजनिक सरकारी जग्गा संरक्षण गर्न निर्देशन गरिएको उहाँले बताउनु भयो ।
उहाँँले सो प्रसंगमा दमकको बालुवाटारको जग्गा पनि ऐलानी रहेको र ऐलानी जग्गा व्यक्ति त के नगरपालिकाले पनि उपयोग गर्नुपर्दा संघीय सरकारको अनुमति वा स्वीकृति लिनुपर्नेमा बालुवाटारमा व्यक्तिले ऐलानी जग्गा उपयोग गर्दै आफ्नो नाममा पार्न खोज्दा अहिलेको अवस्था आएको सुनाउनु भयो ।
यद्यपी उहाँले सो बिषय माथिल्लो तहबाटनै अनुसन्धान तथा कारवाही चलेको बिषय भएको भन्दै थप बताउनु भएन । उहाँले भन्नु भयो – यो बिषयमा तपाइँ ( पत्रकार)हरुनै जानकार हुनुहुन्छ । उहाँले दमकमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि नगरपालिकाले चाल्नुपर्ने जुनसुकै कदम चाल्ने बताउँदै यस बिषयमा नगरपालिका निर्मम बन्नेछ । नगर सभाले सरकारी, ऐलानी, पर्ति जग्गाहरुको संरक्षण र उपयोग सम्बन्धि आवश्यक कार्य गर्न नगर कार्यपालिकालाई जिम्मेवारी प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले जनाउनु भयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्