विप्लवका दुई जिल्ला नेता पक्राउ

Author Nishkarsha News
२०७६ फाल्गुन १८, आईतवार १०:३४

भक्तपुर/नेत्रविक्रम चन्द -विप्लव नेतृत्वको नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

कालीकोट घर भई भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ मा बस्दै आएका ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ को जुँगार घर भइ मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले भक्तपुरको दुई ठाउँबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला नेता रहेको जानकारी दिनुभयो ।
पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । चन्द समूहका कार्यकर्ताले शकांस्पद गतिविधि गरेको विशेष सूचनाको आधारमा खोजी गरी उनीहरुलाई पक्राउ गरेको गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यअघि बढाइएको जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्