मोरङ/प्रहरीले नेत्रविक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपाका मोरङ जिल्ला सेक्रेटरी गोपाल बस्नेतलाई पक्राउ गरेको छ ।
बस्नेतलाई कामका सिलसिलामा धरान पुगेको बेला गत मंगलबार प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले विज्ञप्ती मार्फत जनाएको हो ।

पार्टीका मेची कोशी ब्यूरो इञ्चार्ज प्रतापले हस्ताक्षर गरी हिजो जारी गरेको विज्ञप्तीमा प्रहरीले आफ्ना कार्यकर्ताहरुमाथि देशभर गरिरहेको धरपकडको निन्दा गर्दै तत्काल रिहाई गर्न माग गरिएको छ ।

Facebook Comments Box