दमक/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र विशेष रहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजना गरिएको महाधिवेशन सफल भएको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार,’ थापाले लेखेका छन् ।
नेपाली कांग्रेसले आइतबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ ।