दमक/ झापाको दमकस्थित दमक जेसीजको ४४ औं बार्षिक साधारण सभाबाट निर्वाचित दमक जेसीज बर्ष २०२५ को टिमले शनिबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हालेको छ ।
नवनिर्वाचित अध्यक्ष सहदेव भट्टराई नेतृत्वको टिमलाई निवर्तमान अध्यक्ष रामचन्द्र अधिकारीले औपचारिक कार्यक्रमबीच पद हस्तान्तरण गरेसँगै दमक जेसीजको आगामी एक बर्षे कार्यकालको नेतृत्व युवा व्यक्तित्व नवनिर्वाचित अध्यक्ष भट्टराईले सम्हालेका हुन् ।
कोशी प्रदेश सभाका सभामुख अमर बिष्टको प्रमुख आतिथ्यमा आयोजित पदहस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्धय होमबहादुर थापा र गोपाल तामाङ तथा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा दमक जेसीजका नवनिर्वाचित अध्यक्ष भट्टराईलाई निर्वाचन समितिका संयोजक सञ्जीब बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष भट्टराईले महासचिवमा राजेन्द्र बिमलीसहितको टिमलाई मनोनित गर्दै आफ्नो टिमलाई पूर्णता दिई पद तथा गोपनियताको सपथ गराएका थिए ।
महासचिबमा बिमलीसहित कोषाध्यक्षमा सरोज ढकाल, कानुनी सल्लाहकारमा साजन श्रेष्ठ, प्रकरण निर्देशकमा पंकज पोखरेल,सचिबमा उत्सब प्रसाई लगायत बिभिन्न संयोजकहरू मनोनित गरी आफ्नोलाई पूर्णता दिएका दमक जेसीजका जनसम्पर्क अधिकारी बिशाल अधिकारीले जानकारी दिए ।

सो अवसरमा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, वडा नम्बर ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाध्यक्ष कुबेर भट्टराई, १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, दमक जेसीजका संस्थापक पदम कोइराला, दमक जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर बस्नेत, दमक जेसीजका पूर्ब अध्यक्ष तथा सिनेटरहरु लगायतको आतिथ्य रहेको थियो ।
