दमक/ झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पहिचानवादी समुहका ११ जना नेता, कार्यकर्ताहरुलाई प्रहरीले आज आइतबार साँझ छोडेको छ ।
कालो झण्डा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका केदार धिमाल, मातृका धिमाल, विक्रम वनेम फागो, एल.बी. पालुङ्वा ,सोम चेम्जोङ ( फोराहाङ), गगा राई शेर्मा लगायत सबैलाई इलाका प्रहरी कार्यालय दमकले दिनभर नियन्त्रणमा लिएर छोडेको हो ।
उनीहरु छुटेपछि पहिचानवादी नेता, कार्यकर्ताहरुको समुहले प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गर्दै कोण सभा गरेका छन् ।
सो क्रममा उनीहरुले कोशी प्रदेश नामाकंन मान्य नभएको भन्दै पुनः नामाकंन संघर्ष समितिको आन्दोलनलाई निरन्तरता दिइने उदघोष गरे । त्यहाँ पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोशी प्रदेश खारेजीको मागसहितको आफूहरुको आन्दोलन नरोक्ने चेतावनी दिए ।