आरजुु र गगनसहित देउवा पुगे प्रधानमन्त्री निवास

Author Nishkarsha News
२०८१ कार्तिक ४, आईतवार २२:१५

नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार गएका हुन् ।

स्रोतका अनुसार, बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पाैडेल, महासचिव शंकर पोखरेल सहभागी छन् ।

बैठकमा समसामयिक विषय र सरकारका कामकारबाहीबारे छलफल हुने भनिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्