दमक/ घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधाम झापाले, वडादशै शुभ दिपावली र छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने कार्य सम्पन्न गरेको छ ।
घृतकौशिक गोत्रिय प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनालको अध्यक्षतामा भएको कार्ययक्रममा बराल बंश प्रतिष्ठानका अध्यक्ष यमनाथ बराल, खनाल सेवा समिति झापाका सचिव ओमप्रसाद खनाल, खनाल सेवा समिति कन्काईका अध्यक्ष गोकुल प्रसाद खनाल, खनाल सेवा समिति बिर्तामोडका सचिव केदार खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

घृतकौशिक गोत्रिय प्रतिष्ठानका महासचिव योगराज खनालले सञ्चालन गरेको कार्यक्रममा घृतकौशिक गोत्रिय प्रत्रिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद बराल,सचिव हरिभक्त बराल, कोषाध्यक्ष सुर्यप्रसाद नेपाल,सदस्य खेमराज खनाल (ज्ञानु) लगायत प्रतिष्ठानका आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box