दमक/  ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमक नगरपालिकाले ज्येष्ठ नागरिकहरुको स्यहारसुसार र संरक्षण गर्ने १० जनालाई उत्कृष्ट स्याहारकर्ता सम्मान प्रदान गरेको छ ।

नगरपालिकाको सभाकक्षमा मंगलबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की, सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा लगायत वडाध्यक्षहरुले सम्मान गरेका हुन् ।

नगरका १० वटै वडाबाट एक/एक जनालाई सो सम्मान गरिएको नगरपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा वडा नं १ बाट सावित्रादेवी न्यौपाने, २ बाट निर्मला कट्टेल तिम्सिना, ३ बाट राधिका भण्डारी, ४ बाट अञ्जु काफ्ले, ५ बाट तुलसा भट्टराई रहेका छन् । त्यसैगरी वडा नं ६ बाट लक्ष्मीकुमारी विष्ट, ७ बाट टिका भण्डारी, ८ बाट सीता जैसी, ९ बाट शान्ति कटुवाल र १० बाट रेजिना खनाल रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।

समिति संयोजक सापकोटाको अध्यक्षता र नगर प्रमुख राम थापाको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा  सम्मान गरिएको  शाखा प्रमुख  भण्डारीले जानकारी दिइन्  ।

जेष्ठ नागरिकहरुको आदर सम्मान् र स्वास्थ्यका लागि छोरा बुहारी नाती, नतिना र परिवारका सदस्यहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले नगरले सो कार्यक्रम आयोजना गरेको नगर प्रमुख थापाले बताए ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले सबै सन्तानलाई अफ्ना अभिभावक माथीको दायित्व बोध गराउन नगरपालिकाले उत्कृष्ट स्याहारकर्ता सम्मान कार्यक्रम राखेको बताइन् ।
नेपाली संस्कारले नै जेष्ठ अभिभावकको सम्मान गर्न सिकाएको भन्दै उनले नयाँ पुस्तालाई पनि अनुशासित र मर्यादित बनाउन सरकार र नागरिक समाज सबै लाग्नु पर्ने बताइन् ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाईंले जेष्ठ नागरिकहरुका लागि संविधानको धारामा धेरै अधिकार भएपनि व्यवहारमा अपहेलित जीवन विताउन बाध्य हुनु परेको बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरि नायव उपरिक्षक निसान थापा, दमकका वडा अध्यक्षहरु सहितका अतिथीहरुले पनि सम्मान गरेका थिए ।

Facebook Comments Box