लखनपुर खानेपानीमा धमाधम मतदान, सुनियो हाँस्यास्पद तर्क

Author Nishkarsha News
२०८१ भाद्र ३१, सोमबार ११:४१

दमक/ झापाको कमल गाउँपालिका– ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा धमाधम मतदान भइरहेको छ ।
आफनै कार्यालयमा विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्मका लागि हुने मतदानमा उपभोक्ताहरु उत्साहपूर्वक सहभागी भएका छन् ।

मतदाता योग्य उपभोक्ताको संख्या ३ हजार ६ सय ११ रहेको छ । चार बर्षे कार्यकालका लागि हुने निर्वाचनबाट सञ्चालक समितिसहित लेखा समिति गरि विभिन्न १६ पदमा ४८ जना उम्मेद्वार चुनावी मैदानमा छन् । समितिको अध्यक्षका लागि राजकुमार न्यौपाने नेतृत्वको टिम र डम्बर बहादुर निरौला नेतृत्वबीच सबै पदमा प्रतिस्पर्धा रहेको छ भने वर्तमान अध्यक्ष उषा सिटौला भण्डारीले पनि पुनः अध्यक्षमा उम्मेद्वारी दिएकी छिन् ।
त्यसबाहेक कृष्ण भण्डारी र खेम गुरागाइँ समेत अध्यक्षको उम्मेद्वारका रुपमा छन् । यस अघि लखनपुर खानेपानीको नेतृत्व राजनीतिक दलहरुबीचको सहमतीमा सर्वसम्मत चयन भएको थियो । चार बर्ष अघि दलीय नेतृत्वबीचको सहमतिमा नेतृत्व गरेका खानेपानी उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु आफैं यसपटकको चुनावमा भने दलगत प्रतिस्पर्धा हुन नहुने तर्क पेश गर्दै मतदाताहरुमाझ गएका थिए । आफूले पद पाए दलीय प्यानल ठिक नपाए बेठिक भन्ने हाँस्यास्पद तर्क यो चुनावमा सुनेपछि उपभोक्ताहरु मतका माध्यमबाट त्यसको जवाफ दिँदैछन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्