दमक/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समुदायमा कांग्रेस अभियान अन्तर्गत आज माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गर्दैछन ।
महामन्त्री थापाले शनिवार विहान ८ बजे भद्रपुस्थित मेची भन्सारबाट यात्रा आरम्भ गर्ने जनाइएको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ । महामन्त्री थापाले मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन ।
पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेको बताएका छन । संवाद यात्रामा महामन्त्री थापाले जनताका कुरा सुन्ने तर भाषण नगर्ने बताउँदै आएका छन ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी लागेका हुन ।
महामन्त्री थापाले आजै झापा चौकमा चिया संवाद गर्नेछन भने विहान १० बजे हल्दिबारी गाउँपालीकाको जलथलस्थित कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२.३० बजेदेखि २ बजेसम्म झापा गाउँपालीकास्थित झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, गौरिगञ्ज गाउँपालीकाको कुञ्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे गौरीगञ्जकै खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।

 

Facebook Comments Box