दमक/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन ।
मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन । नवनियुक्त मन्त्रीहरूले शपथ लिएर आजैदेखि कार्यभार सम्हालेका छन । उप्रेती मोरङका जवेगु पाँचथरका हुन ।
नेकपा एमालेको विरोधका बाबजुद कार्कीले उप्रेती र जबेगुलाई मन्त्री बनाएका हुन । एमालेले आफू र कांग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनुपर्ने माग गर्दै कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो । मन्त्रिपरिषद्मा गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।