दमक/ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दुई जना झापाली महिला नेतृ निर्वाचित भएका छन । सोमबार भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला महिला तर्फबाट पार्टीको केन्द्रीय सदस्यमा नेतृ सरिता प्रसाइँ र सुशीला ढकाल निर्वाचित भएका हुन । नेतृ प्रसाइँ राष्ट्रिय सभा सदस्य तथा निवर्तमान केन्द्रीय सदस्य समेत हुन । उनी यस अघि कृषि राज्य मन्त्री समेत भएकी थिइन । नेतृ प्रसाइँले २०९६ मत ल्याएर छैठौं स्थानमा जित हासिल गरेकी हुन । केन्द्रीय सदस्यमा निर्वाचित नेतृ ढकालले १८०४ मत प्राप्त गर्न सफल भएकी छिन ।

ढकाल नेपाल महिला संघ झापाकी सभापति समेत हुन । त्यसैगरी अर्की झापाली महिला नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु पनि प्रदेश १ बाट महिला कोटामा केन्द्रीय सदस्य पदमा जितको नजिक पुगेकी छिन । उनले मत गणनाको शुरुवातदेखिनै लिएको अग्रता कायम राखेकी छिन । केही बेर अघिको अपडेट अनुसार नेतृ लिम्बुले ३५०० मत गणना हुँदा १५२२ मत पाउन सफल भएकी छिन । उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम छिन । बोखिमलाई हाल सम्म सांसद लिम्बुले ३१३ मतले उछिनेकी छिन । सांसद लिम्बु र बोखिमबीचको मतान्तर बढदै गएकाले उनी जितको नजिक पुगेको अनुमान गरिएको छ ।

Facebook Comments Box