दमक/नेपाली कांग्रेस झापाको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । हिजो शुक्रबार रातीदेखि शुरु भएको गणना अनुसार सभापतिमा राम कट्टेलले अग्रता कायमनै लिएका छन । ९०० मत गणना हुँदा सभापतिमा राम कट्टेलले ४४३, देउकुमार थेवेले ३५०, उपसभापतिमा केशब पाण्डेले ४१२, प्रेम सम्बाम्फेले ५१५, शेरबहादुर भट्टराइले ३५३ र शमसेर गिरीले ३३८ मत प्राप्त गरेका जनाइएको छ । सचिवमा कृष्ण हुमागाइले २९३ टोम राजबंशीले ४८१ नवीन बिमलीले ३५१ र बिश्वदीप लिङदेनले ५७१ र सहसचिवमा उमाराम प्रसाईले ४८३ कमल भण्डारीले ३२४ , कालेन्द्र राजबंशीले ३२५ र पदम लिम्बुले ५५१ मत पाएका छन । कूल ३ हजार ३ सय ११ जनाले निर्वाचनमा मतदान गरेका छन । सबै मतगणना सक्न आज राती सम्म लाग्ने अनुमान छ ।