दमक/ क्षेत्रीय तहको अधिवेशन सकिएसंगै झापामा नेपाली कांग्रेस जिल्ला अधिवेशनमा केन्द्रित भएको छ । पूर्व निर्धारित तालिका अनुसार १० मसिंरमा पार्टीको जिल्ला नेतृत्व चयनका लागि हुने निर्वाचनलाई लक्षित गरेर दुई समुह आआफनो पकड बनाउन लागिपरेका छन । जिल्लामा पूर्व उपसभापति तथा महासमिति सदस्य एवं प्रभावशाली मानिएका नेता देउमान थेवे र हालका उपसभापति तथा शालिन र भद्र स्वभावको विशेष भएका राम कट्टेलको समुहले धमाधम उम्मेदवार तय गर्न लागेका हुन । कांग्रेसका प्रभावशाली मानिने नेता कृष्ण सिटौला र प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माका दुई समुह यसपटक नेतृत्वका लागि रस्साकस्सीमा छन ।
थेवेलाई पार्टी केन्द्रमा पहुँच राख्ने नेता केशवकुमार बुढाथोकी, जिल्ला सभापति उद्धव थापा, सुधिर शिवाकोटी लगायतको समर्थन रहेको छ भने कट्टेललाई प्रवक्ता शर्मा, केन्द्रिय सदस्य सरिता प्रसाइँ लगायतको समर्थन रहेको छ । यि दुवै समुह सभापति बाहेकका पदका लागि जिल्लामा नेताहरुको छनौट र उनीहरुको बिषयमा आन्तरिक छलफलमा केन्द्रित भइरहेका बेला झापा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि तर्फ सर्वाधिक ४५२ मत ल्याएर विजयी भएका हुकुमसिंह राईको नाम आन्तरिक छलफलका क्रममा आएको छ । सभापति पद हत्याउनका लागि सो बाहेकका पदमा बढी भन्दा बढी जनमत ( पार्टी कार्यकर्ता)बाट रुचाइएका नेता छनौट गर्ने क्रममा दुवै समुहको ध्यान क्षेत्र नं ५ मा लोकप्रिय मत ल्याएर विजयी भएका नेता राइतिर पर्ने सम्भावना बढेको छ ।


यस अघि स्थानीय निर्वाचनमा एमालेको पकड क्षेत्रमा पर्ने अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रको कमल गाउँपालिकाको अध्यक्ष पदमा बराबर मतको जनादेश पाएका राइले पार्टीको आन्तरिक निर्वाचनमा पनि लोकप्रिय मत ल्याएपछि उनी प्रति दुवै समुहको आकर्षण हुन थालेको बताइएको छ । दुवै समुहका केन्द्रिय नेताहरुसंग निकटतम सम्बन्ध राख्ने राईका बिषयमा ति समुह भित्र आन्तरिक बहस भइरहेको बताइएको छ । उच्च तहमा यसबारे कुराकानी र छलफल हुन थालेको छ– कांग्रेस स्रोत भन्छ–सबैका लागि मान्य हुने साझा नेतृत्व चयनका लागि प्रयास जारी छ । सोमबार भएको निर्वाचनको परिणाम सार्वजनिक नहुँदै कतिपयले जिल्लाका विभिन्न पदमा आफनो उम्मेदवारीको घोषणा सामाजिक सञ्जालहरु मार्फत गरिरहेका भएपनि को कुन समुहबाट उम्मेदवार बन्दैछन भन्ने निक्र्यौल हुन सकेको छैन ।

यस अघि जिल्ला उपसभापतिमा नै दमकका शेर बहादुर भट्टराईले उम्मेदवारी घोषणा गरिसकेका छन । उनी सिटौला समुहका विश्वास पात्र मानिदै आएका नेता हुन । यसपटकको निर्वाचनमा सिटौला समुह झापा ५ मा कमजोर हुन सक्ने आंकलनका बीच नेता राईलाई सो समुहकै शीर्ष नेतृत्वबाट घुमाउरो शैलीमा प्रस्ताव आएको र शर्मा समुहले पनि क्षेत्रीय निर्वाचनमा राईसहितको टिमसंग सहकार्य गरेको कारण उपसभापतिमा उनको नाम कांग्रेसको जिल्ला तह भित्र चर्चामा आएको हो ।

Facebook Comments Box