नेपाली कांग्रेसको १४ महाधिबेशनको प्रतिनिधिका लागि कांग्रेसका युवा नेता मेदनी प्रसाद सिटौला चुनावी मैदानमा छन । दमक ९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित सिटौला महासमिति सदस्य हुन ।

युवा बिद्यार्थीहरुमाझ चर्चाको केन्द्रमा रहेका नेता सिटौला कांग्रेसको पालिकास्तरीय अधिवेशनमा दमकमा सक्षम र सवल नेतृत्व स्थापित गर्न सफल भएका मानिन्छन । कांग्रेस दमकको नगर सभापतिमा निर्वाचित
प्रकाश प्रसाइँको टिमलाई नेतृत्व प्रदान गरेर आफनो पक्षमा चुनावी परिणाम ल्याउन सफल मानिएका सिटौला कांग्रेसमा रुपान्तरण र नेतृत्व परिवर्तनको एजेण्डालाई प्रमुखताका साथ उठाउँदै आएका युवा नेता हुन ।
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रिय राजनीतिमा समेत नेतृत्व प्रदान गर्दै राजनीतिक परिवर्तनका आन्दोलनहरुमा राजधानी केन्द्रित भएका उनी यहाँको राजनीतिक विकृतीका विरुद्ध सशक्त रुपमा उभिन खाँचो रहेको बताउँछन ।
२०४८ देखी २०५१ सम्म नेपाल ल क्याम्पसको नेविसंघ ईकाईमा रहेर काम गरेका सिटौला २०५९ देखी २०६१ सम्म नेविसंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका नेता हुन । सिटौलाले २०६७ देखि २०७२ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन ।
राजनीतिक परिर्वतनका आन्दोलनहरुमा पटक पटक जेल जीवन समेत विताएका सिटौला कांग्रेस भित्र परिवर्तन सम्भव छ तर त्यसकालागि संकल्प जरुरी छ भन्छन । यसैका लागि आफू पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए । सिटौला भन्छन– समाज र देश बदल्न पहिला आफैं बदलिन जरुरी छ त्यसका लागि संकल्पको खाँचो छ । अब हरेक कांग्रेसले बदलिदै सिङो काग्रेस पार्टीं सुधार र मुलुक निर्माणको संकल्प गर्न आवश्यक रहेको पनि उनले बताएका छन ।
नेपालको राजनीतिमा कांग्रेसमा सुदृढिकरण, रुपान्तरणका लागि १४ औं महाधिबेशन फलदायी र महत्वपूर्ण हुने भएकोले आम कांग्रेस नेता कार्यकर्ताहरुले यसमा गम्भिर हुन जरुरी भएको उनको भनाई छ ।
