कांग्रेस दमकको शुभकामना आदनप्रदान, उम्मेदवार परिचय गर्नेअवसरमा उपयोग

Author Nishkarsha News
२०७८ आश्विन २५, सोमबार २०:१४

दमक/नेपाली कांग्रेस दमक नगरको नवनिर्वाचित समितिले दशैं, तिहार, छठ लगायतका नेपालीका मौलिक पर्वहरुको संयुक्त अवसर पारेर आज सोमबार शुभकामना आदनप्रदान तथा चियापान समारोह गरेको छ ।


पार्टी कार्यालयमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेसको जारी १४ औं महाधिवेशनका बिषयमा नेता कार्यकर्ताहरुबीच विचार विमर्श पनि भएको छ । पार्टीको आन्तरिक गतिबिधिमा समेत केन्द्रित रहेर आयोजना गरिएको कार्यक्रममा नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र पार्टीका जिल्ला सभापति उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशेष अतिथी कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले अहिले कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएपनि मन्त्रिपरिषद विस्तारमा केही विवादित पात्रहरु समावेश गरिनुले कांग्रेसको भविष्य उज्वल हुनबाट रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
नेता शर्माले कांग्रेसमा बढदो खर्चिलो र भडकिलो संस्कारलाई कम गर्दै नयाँ पुस्तालाई पार्टीको नीति र सिद्धान्तको समेत ख्याल राखेर अघि बढनु पर्ने सुझाव दिए । सो अवसरमा प्रमुख अतिथी थापा, संघीय संसद सदस्य तथा कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बु, महासमिति सदस्य तथा जिल्ला सभापतिका उम्मेदवार देउमान थेवे, महासमिति सदस्यहरु सुरेश सुब्बा, शेर बहादुर भट्टराई, दिल बहादुर बुढाथोकी, मेदनी सिटौला, गौरादह नगर प्रमुख तथा महासमिति सदस्य रोहितकुमार साह, अनिलकृष्ण प्रसाइँ, पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रोशन गौतम , नेपाल महिला संघ क्षेत्रीय सभापति तथा पार्टी महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई ( प्रसाइँ)  गौरादह नगर सभापति यादवराज सेढाइँ, कमल गाउँ सभापति बुद्धि न्यौपाने लगायतले  शुभकामना मन्तव्य राखेका नगर सचिव रामचन्द्र अधिकारीले जानकारी दिए । वक्ताहरुले सो अवसरमा पार्टीको आसन्न प्रदेश तथा संघीय क्षेत्रको अधिवेशनमा आआफनो उम्मेदवारीको दाबी समेत प्रस्तुत गरेका थिए भने आयोजकले उम्मेदवारहरुलाई परिचित हुने अवसर प्रदान गरेको थियो ।
सभापति प्रसाइँले कार्यक्रमको औचित्यमाथि प्रष्टयाएका थिए भने उपसभापति युवराज खनालले स्वागत मन्तव्य राखेका थिए सो कार्यक्रमको सञ्चालन नगर सचिव अधिकारीले गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्