दमक/हेमन्त कार्की झापाको कांग्रेस राजनीतिसंगै सामाजिक क्षेत्रमा परिचित नाम हो । युवा पुस्ता माझ आफूलाई सधैं नेतृत्व पक्तिंमा उभ्याउन सफल कार्की गौरादह नगरपालिका वडा नं २ का निर्वाचित वडाध्यक्ष पनि हुन । २०४२ सालमा नेविसंघमा आवद्ध भएर शुरु भएको उनको राजनीतिक सांगठनिक सक्रियताले निरन्तरता पाईरहेको छ ।

आफनो राजनीतिक उचाईलाई अग्लो बनाउने सिलसिलामा कार्कीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा आफूलाई खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभ्याउने भएका छन । असोजको दोश्रो साता हुने क्षेत्रीय अधिवेशनमा आफनो उम्मेदवारी पक्कापक्की भएको कार्की बताउँछन । मैंले कांग्रेसको राजनीतिमा आफूलाई एक खुडकिलो माथि बढाउन खोजेको छु मलाई विश्वास छ सबैले साथ सहयोग हुनेछ– कार्कीले आफनो उम्मेदवारीबारे औपचारिक जानकारी दिदैं भने ।
यस्तो छ विगतदेखि वर्तमान
२०४२ सालमा नेविसंघमा आवद्ध भएका उनी नेविसंघ दमक बहुमुखी क्याम्पसको इकाई समिति सचिव हुँदै कांग्रेस गौरादह नगर सचिव र नगर सभापति समेत भए । हाल गौरादह २ को निर्वाचित वडाध्यक्ष कार्की स्थानीय विकास निर्माणमा सधैं नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका युवा नेतृत्व हुन । उनी गौरादह नगर खेलकुद विकास समितिको अध्यक्ष पनि हुन । कार्कीले सामाजिक क्षेत्रमा आफूलाई क्रियाशील बनाउने सिलसिलामा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको सचिवका रुपमा दुई कार्यकाल विताए । बिद्योदय अंग्रेजी मावि गौरादहको प्रिन्सिपल, शुभलक्ष्मी सहकारी संस्थाको व्यवस्थापक युनाइटेड युथ क्लब गौरादहको अध्यक्ष समेत भइसकेका उनले न्यू पब्लिक कृषि सहकारी संस्थामा प्रवन्ध निर्देशकको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन । आफू वीपि विचारबाट प्रभावित भएर कांग्रेसको राजनीतिमा लागेको कार्की बताउँछन ।

Facebook Comments Box