दमक/नेपाली कांग्रेस दमकको आसन्न नगर अधिवेशनमा सचिव पदका प्रत्यासी मध्येका एक हुन दिपेश दाहाल । उनी रोशन विष्ट नेतृत्वको प्यानलबाट सचिव पदका उम्मेदवार बनेर चुनावी मैदानमा छन । मोवाइल व्यवसायी समेत रहेका युवा व्यक्तित्व दिपेश यस अघि १३ औं महाधिवेशनमा पर्शुराम रिजाल नेतृत्वको प्यानलबाट उम्मेदवार भएर नगरमा चुनिएका थिए ।

नगर सहसचिवको जिम्मेवारी सम्हालिरहेका दाहाल आफू स्वभाविक रुपमा १४ औं महाधिवेशनमा सचिव पदको दाबेदार भएको तर्क गर्छन । व्यवसायसंगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय उनले पार्टी राजनीतिका क्रममा तरुण दलको वडा समिति अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन । दमक मोवाईल व्यवसायी संघका सहसचिव , दमक जेसीज बर्ष २०२० का उपाध्यक्ष लगायतको सामाजिक तथा व्यवसायिक संस्थाहरुमा जिम्मेवारी सम्हालिरहेका छन ।
पार्टी कार्यकर्ताहरुले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै अगाडी बढेका उनले आउँदो दिनमा पर्न आउने जिम्मेवारी समेत सहज रुपमा सम्हाल्न सक्ने क्षमता आफूमा रहेको बताए । पार्टीका अग्रजदेखि साथीभाई,शुभेच्छुकहरुको माया र विश्वासले एक कदम अघि बढन खोजेको उनको भनाई छ । पार्टीको आन्तरिक निर्वाचन पार्टी संगठन निर्माण गर्न सक्ने योग्य नेतृत्व चुन्ने अवसर भएको बताउँदै उनले त्यसलाई मनन गरेर सक्षम नेतृत्व चुन्न नगरका वडासभापति तथा क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरे ।

Facebook Comments Box