दमक/नेकपा एमाले दमक ७ का वडा कमिटी अध्यक्ष युवराज आचार्यको आज ( शनिबार) बिहान निधन भएको छ ।
यस अघि कोरोना संक्रमणका कारण थलिएका आचार्यको उपचारका क्रममा बिहान ६ बजे लाइफलाइन अस्पताल दमकमा निधन भएको हो । उनी दमकका पुराना व्यवसायी समेत हुन । स्वर्गीय आचार्यको आज ( शनिबार) दिउसो कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
